असार ३०, २०८२ सोमबार July 14, 2025

रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग

बिरामी कुरुवाका लागि अत्यावश्यक कुर्सीहरू सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रसायन तथा मेडिकल आपूर्ति सङ्घले  जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई कुर्सी सहयोग गरेको छ ।

सङ्घले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामी कुरुवाका लागि अत्यावश्यक कुर्सीहरू सहयोग गरेको सङ्घका अध्यक्ष भक्तबहादुर हमालले बताउनुभयो ।

आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने अपेक्षा गर्नुभयो । यस सहयोगले आफूहरूलाई सहज भएको बिरामीका कुरुवा तथा आफन्तजनले खुसी व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया