असार २२, २०८२ आइतबार July 6, 2025

चीनियाँ प्रधानमन्त्री लीद्वारा अर्थतन्त्रलाई स्थिर राख्न सुधार कार्यक्रमको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः चीनका प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रमलाई अगाडि बढाएर महामारीपछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ्ने कुरा सोमबार बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत रहेका प्रधानमन्त्री लीले चीनमा कोभिड–१९ महामारीपछिको अवस्थाको विश्लेषण गर्न भेला भएका उद्यमी तथा अर्थशास्त्रीहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले सन् २०२० मा विश्व अर्थतन्त्रसँगै चिनियाँ अर्थतनत्रले पनि असामान्य अवस्थाको सामना गर्नुपरेको तर यसको व्यवस्थापनमा चीन जुटिसकेकोले पूर्ववत् अवस्थामा आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको पनि उहाँको दावी थियो ।

चीनले महामारीका समय प्रभावित मध्यम तथा साना उद्योगहरूलाई सहयोग गर्ने सरकारले नीति बनाएको र सोही अनुरूप आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ ।

सरकारले कर र शुल्कमा कटौती र समावेशी वित्तजस्ता कार्यक्रमले व्यापारलाई चलायमान बनाउन सफल भएको र रोजगारीको अवस्थालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री लीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार