असार २६, २०८२ बिहिबार July 10, 2025

कर्णालीको स्याउ बजारमा आएपछि विदेशी स्याउ विस्थापित

नेपालगन्जमा मात्र नभई भारतको रुपैडिहा, नानपारा र बहराइचसम्म पनि कर्णालीका स्याउ बिक्री हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री बन्द भएको हो ।

भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ कोहलपुर र नेपालगन्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको बिक्री बन्द भएको छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ ।

भारतीय स्याउ प्रतिकिलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउको बिक्री बन्द भएको व्यवसायीले जनाएका छन् ।

कर्णालीको जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगन्ज ल्याएर बिक्री सुरु गरिएकाले अन्य स्थानबाट ल्याइएका स्याउ बिक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो ।

उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ ।

यसै गरी फलफूलका अर्का थोक विक्रेता शमशेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकाले अरू स्याउको बिक्री बन्द भएको जनाउनुभयो । उहाँले सीमापारिबाट आउने भारतीयले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेको बताउनुभयो ।

बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा पनि अहिले ठुलो परिमाणमा कर्णालीको स्याउ बिक्री भइरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीले कर्णालीका स्याउ कोहलपुर र नेपालगन्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगन्जमा निकै फस्टाएको छ ।

कर्णालीको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन् । नेपालगन्जमा मात्र नभई भारतको रुपैडिहा, नानपारा र बहराइचसम्म पनि कर्णालीका स्याउ बिक्री भइरहेको पाइएको छ ।

कर्णालीको स्याउ मिठो र सस्तो दुवै हुने हुँदा भारतमा पनि अत्यधिक रुचाइएको भारत रुपैडिहाका फलफूल व्यवसायी असगर राईले बताउनुभयो ।  उहाँका अनुसार कर्णालीबाट यो सिजनमा हालसम्म छ सय टन स्याउ आएको छ । यहाँ दैनिक भारतीय र चाइनिज स्याउ १० टन बिक्री हुन्छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार