कार्तिक २४, २०८१ शनिबार November 9, 2024

आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाऔँः मुख्यमन्त्री कार्की

चाडपर्व नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावसँगै दसैँ मनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २६ असोजः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्नुहुँदै ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ का रूपमा रहेको नेपालीहरूको महान् चाड दसैँले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल काम गर्न हौसला र सकारात्मक ऊर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस् भनी कामना गर्नुभएको छ । “दसैँका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व अझ बढी छ । हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षाेल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन्”, शुभकामना सन्देशमा भनिएको छ ।

यस्तै उहाँले चाडपर्व नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावसँगै दसैँ मनाउन आग्रह गर्नुभएको छ । “कोसी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोले विपद्को सामना गर्दै एकआपसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन आग्रह गर्दछु । विपद्लाई साहसमा बदल्न सबैको सहकार्य र हातेमालो जरुरी छ”, उहाँले भन्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइसिसी यु–१९ महिला टि–२० विश्वकप छनोटको तेस्रो खेलमा युएई विजयी
२०८१ कार्तिक २४, शनिबार
पाकिस्तानको क्वेटामा भएको विस्फोटमा २० जनाको मृत्यु, ५३ घाइते
२०८१ कार्तिक २४, शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
२०८१ कार्तिक २४, शनिबार
परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल
२०८१ कार्तिक २४, शनिबार
सरकार गठनको आधार सातबुँदे अनुसार काम भएन : डा. शेखर कोइराला
२०८१ कार्तिक २४, शनिबार
यी हुन् स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारहरु (सूचीसहित)
२०८१ कार्तिक २४, शनिबार
यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु
२०८१ कार्तिक २४, शनिबार