कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न

नवरात्रिभर भक्तपुरका विभिन्न मन्दिरमा बिहान र दिउँसो मात्र नभई राति पनि विशेष भीड लाग्ने गर्दछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । विजयादशमीको घटस्थापनादेखि महानवमीको मध्यरातिसम्म भक्तपुरको टोलटोलबाट नवदुर्गाका नौवटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ ।

नवरात्रभर भक्तपुरका बासिन्दाले विशेषगरी अष्टमातृकाको पूजागरी बलि दिने परम्पराअनुसार घटस्थापनादेखि रातभर जात्रा मनाइने परम्पराअनुरूप आज बिहानबाट जात्रा सम्पन्न भएको हो ।

घटस्थापनाको रात ब्रह्मायणी, दोस्रो रात महेश्वरी, तेस्रो रात कुमारी, चौथो रात भद्रकाली, पाँचौँ रात बाराही, छैटौँ रात इन्द्रायणी, सातौँ रात चामुण्डा एवं महाकाली, आठौँ रात महालक्ष्मी जात्रा मनाइएको छ भने नवौँ रात त्रिपुरासुन्दरीको पूजा एवं आराधना गरी जात्रा मनाइएको छ ।

साँझ परेपछि भक्तपुरका टोलटोलबाट परम्परागत बाजागाजाका साथ सुरु हुने यो जात्रा मनाउँदै यहाँका बासिन्दाले मन्दिर आसपासका क्षेत्र र मन्दिर प्रवेश गर्ने बाटोमा समेत दियो बालेर झिलीमिली बनाउँदै मिधे तथा बासुरी बाजा बजाउँदै टोलटोलबाट स्थानीय मन्दिर पुगेर पूजा एवं दर्शन गर्ने परम्परा रहँदै आएको छ । नवरात्रिभर भक्तपुरका विभिन्न मन्दिरमा बिहान र दिउँसो मात्र नभई राति पनि विशेष भीड लाग्ने गर्दछ ।

संस्कृतिकर्मी ओम धौभडेलले लिच्छवीकालीन राजा आनन्ददेवले भादगाउँको सुरक्षाका लागि मध्यभागमा त्रिपुरासुन्दरी र चारैतिर अष्टमातृकादेवीको स्थापना गरिएको कथन सुनाउनुभयो ।

विजयादशमीमा प्रत्येक रात भक्तपुरका बासिन्दाले परम्परागत रूपमा बाजागाजासहित शक्तिपीठमा गएर जात्रा मनाउने गर्दछन् । हरेक दिन बिहान खोलामा गएर हातमुख धोएर शुद्ध मनले अष्टमातृकाको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भक्तपुरमा रही अष्टमातृकाले एकैस्वरूप लिइ महिषासुरको बध गरेकाले शक्तिका रूपमा देवीहरूको राति पूजा गरिँदै आएको कथन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार