असार १०, २०८२ मंगलबार June 24, 2025

राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान

राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौँ मानिस लाममा बसे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरूको महान् चाड विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गर्नुभएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री द्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरु गर्नुभएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई आज राष्ट्रपति पौडेलले टीका लगाइदिनुहुनेछ । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौँ मानिस लाममा बसेको जनाइएको छ ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट हजारौँ नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरूले पनि निरन्तरता दिँदै आउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार