असार २८, २०८२ शनिबार July 12, 2025

साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

बराबरीसँगै समूह ‘बी’ मा रहेको नेपाल र भुटानले एक एक अङ्क बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २ गते । लगातार पाएको अवसर सदुपयोग गर्न नसक्दा साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा शुक्रबार साँझ भएको खेलदमा नेपालले पहिलो र दोस्रो हाफमा चारवटा राम्रा गोलको अवसर बनाएको थियो । नेपालको लगातार प्रयासमा भुटानकी गोलरक्षक संगीता माङ्गेर बाधक बन्नुभयो ।

दोस्रो हाफको इन्जुरी समयमा समेत नेपालकी सविता रानामगरको पोस्ट छेउको प्रहार पोलमा लागेर फर्किएपछि नेपाल अङ्क बाँड्न बाध्य भयो । साफ महिला फुटबलको इतिहासमा नेपाललाई भुटानले बराबरीमा रोकेको यो पहिलो पटक हो ।

यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो । सन् २०१४ को तेस्रो संस्करणमा नेपालले भुटानलाई ८-०, सन् २०१६ को चौथो संस्करणमा ८-०, सन् २०१९ को पाँचौँ संस्करणमा ३-० र सन् २०२२ को छैटौँ संस्करणमा ४-० ले हराएको थियो ।

तर सातौँ संस्करणमा आएर भुटान नेपाललाई बराबरीमा रोक्न सफल भयो । खेलभर रक्षात्मक रणनिति अपनाएको भुटान अन्ततः आफ्नो रणनितिमा सफल भयो ।

भुटानविरुद्धको खेलमा नेपालकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को अभाव खड्किएको थियो । बराबरीसँगै समूह ‘बी’ मा रहेको नेपाल र भुटानले एक एक अङ्क बनाएको छ ।

यही समूहअन्तर्गत शुक्रबार नै भएको अकोृ खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हराएको छ । जितसँगै श्रीलङ्काले तीन अङ्क बनाएको छ । नेपालले समूहको दोस्रो खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । बिहीबार भएको समूह ‘ए’ को पहिलो एवं उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार