असार २८, २०८२ शनिबार July 12, 2025

एकता गोल्डकप भलिबलको उपाधि भण्डारी गाउँ युवा क्लबलाई

विजेता भण्डारी गाउँले नगद ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लाको अदानचुलीमा आयोजित प्रथम एकता गोल्डकप भलिबल प्रतियोगिताको उपाधि भण्डारी गाउँ युवा क्लबले हात पारेको छ ।

फाइनल खेलमा सोरु ३ भिईको एम.भि.सि क्लबलाई ३–१ को सेटमा हराउँदै भण्डार गाउँले उपाधि जितेको हो । एम.भि.सिले सुरुको सेट २५–२० ले हात पारेको भएता पनि त्यस यताका ३ वटै सेट भण्डारी गाउँले हात पार्दा भिइको समूह फाइनलमा नपुगी हार बेहोर्नु पर्दा भिइको समूह दोस्रो स्थान भएको हो । त्यस यताका खेलहरूमा २५–१९, २५–१८ र २५–२२ को अन्तरमा भण्डारी गाउँले जित निकालेको थियो ।

विजेता भण्डारी गाउँले नगद ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको एम.भि.सि भिईले रु ४० हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा ताँजाकोटको टु ट्वाइन्टी सिक्सलाई पराजित गर्दै बुढागाउँ क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

अदानचुली ३ स्थित एकता युवा क्लबको आयोजनामा अदानचुलीमा ६ दिनसम्म चलेको प्रतियोगितामा पालिकासहित पालिका बाहिर र अन्तर जिल्ला गरी १८ वटा टिम सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार