असार २८, २०८२ शनिबार July 12, 2025

प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेटको उपाधि शुक्लाफाँटालाई

उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, ३ कात्तिक। कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ।

शनिबार भएको फाइनलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो। ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले सात ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो।

उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

विजेता र उपविजेतालाई एक कार्यक्रमकाबिच एमालेबाट प्रतिनिधिसभा सांसद तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गर्नुभयो।

समापन समारोहमा बोल्दै कञ्चनपुर-१ बाट निर्वाचित सांसद लामाले ग्रामीण क्षेत्रमा क्रिकेट, फुटबल, भलिबल प्रतियोगिता हुनुपर्नेमा जोड दिनुभयो।

लालझाडी गाउँपालिका-५ वडासँगको सहकार्यमा देखतभुली युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागीता थियो। समाजका अध्यक्ष प्रेमसिंह धामीले पछिल्लो पटक नेपाली क्रिकेट टिमको प्रदर्शन उत्कृष्ट रहेका बेला गाउँघरमा पनि क्रेज बढेकाले नयाँ खेलाडी उत्पादनमा सहयोग होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार