असार २८, २०८२ शनिबार July 12, 2025

महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउने

सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा पहिलो पटक पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शारजाह, कात्तिक ४ गते । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ ।

न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो ।  यसअघि सन् २००९ र २०१० मा न्युजिल्यान्ड फाइनलमा निराश भएको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा उपाधि दाबेदार अस्ट्रेलियालाई सहजै आठ विकेटले हराएको थियो । छ पटकको विजेता अस्ट्रेलिया लगातार चौथो पटक टी–२० महिला विश्वकप जित्ने दाउमा थियो ।

सन् २०१६ को च्याम्पियन वेस्ट इन्डिजलाई अर्को फाइनल खेल्न अन्तिम ओभरमा १५ रन बनाउनु जरुरी थियो तर सुजी बेट्सले सो ओभरमा मात्र छ रन खर्ची एक विकेट लिएर न्युजिल्यान्डलाई उपाधि भिडन्तमा पु¥याउनुभयो । न्युजिल्यान्डको जितमा अन्य बलर इडेन कार्सन (३–२९) र एमेलिया कर (२–१४) को पनि भूमिका रह्यो ।

पहिले ब्याटिङ गरी न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डको पालिमा बेट्सले प्रारम्भिक ब्याटरको भूमिका निर्वाह गर्दे २८ बलमा २६ रनको उपयोगी पालि खेल्नुभएको थियो । उहाँले पहिलो विकेटका लागि जर्जिया प्लिमरसँग मिलेर ४८ रनको साझेदारी निर्वाह गर्नुभएको हो । प्लिमरले सर्वाधिक ३३ रन बनाउनुभयो । प्लिमरको पालिमा एक छक्का र तीन चौका सामेल थियो । न्युजिल्यान्डको पालि अन्तिम समयमा बु्रक हालिडेले नौ बलमा १८ र इसाबेला गाजले १४ बलमा अविजित २० रन बनाएपछि राम्रो भएको हो ।

सो खेलमा वेस्ट इन्डिजकी डियान्द्रा डोटिनले पनि अलराउन्ड प्रदर्शन गर्नुभयो । डोटिनले २२ रनमा चार विकेट लिएपछि ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २२ बलमा ३३ रनको आकर्षक पालि खेल्नुभएको थियो ।

यसै गरी दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्ने भएको छ । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिका उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो । त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ ।

समूह ‘ए’ विजेता बनेर सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो । एनेके बोस्चले ४८ बलमा अविजित ७४ रनको सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले १७.२ ओभरमै दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल ग¥यो । कप्तान लउरा भोल्भार्टले पनि ३७ बलमा ४२ रनको उपयोगी पालि खेल्नुभयो । यस नतिजासँग अस्ट्रेलियाले महिला विश्वकपमा १५ खेलपछि हारको स्वाद चाखेको छ । सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा पहिलो पटक पराजित भएको हो । एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार