असार २८, २०८२ शनिबार July 12, 2025

नेपाल-अमेरिका टी-२० सिरिज : अमेरिकालाई १ सय ७१ रनको लक्ष्य

टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ७० रन जोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको टी- २० आइ सिरिजको दास्रो खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिका अहिले ब्याटिङ गरिरहेको छ ।

यसअघि अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ७० रन जोडेको थियो ।

नेपालका कुशल भुर्तेलले अविजित ९२ रन जोड्ने क्रममा ६ छक्का र ७ चौका प्रहार गरेका थिए । यसैगरी अनिल शाहले २५ रन जोडे भने गुलशन झाले १९ रन तथा कप्तान रोहित पौडेलले १८ रनमा आउट भए । करण केसीले छ रन जोडे भने दिपेन्द्र सिंह एरीले दुई रन बनाए ।

घरेलु टोली अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको छ ।

तेस्रो तथा अन्तिम टी- २० भोली सोमबार रहेको छ । नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा पहिलो खेलको प्लेईङ-११ लाई निरन्तरता दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार