असार २८, २०८२ शनिबार July 12, 2025

बिपी मेमोरियल क्रिकेट : बङ्गलादेशको साइक एकेडेमी विजयी

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा (रुपन्देही), ४ कात्तिक : भैरहवामा जारी बिपी मेमोरियल कप–२०२४ टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको साइक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले पाकिस्तानको जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीलाई २४ रनले पराजित गरेको हो ।

जावेद इन्टरनेशनल एकेडेमीले टस जितेर साइक क्रिकेट एकेडेमीलाई पहिला ब्याटिङ्गको निम्तो दिएको थियो । उसले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो । साइक क्रिकेट एकेडेमीका लागि मुलरले ४६ रन बनाए । यस्तै मुनिम शहरियारले २७ तथा सौरभले २५ रन बनाए ।

बलिङ्गतर्फ जावेद इन्टरनेशनल एकेडेमीका रिसभ जोशीले तीन तथा इमरान नाजिर र अब्बास अलीले दुई दुई विकेट लिए ।

एक सय ४८ रनको लक्ष्य पछ्याएको मैदान छिरेको पाकिस्तानको जावेद इन्टरनेशनल एकेडेमीले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रन मात्रै बनाउन सक्यो । उसका लागि अली हुसेनले ३४, जीम खानले १९ र शामूनले १८ रनको योगदान दिए । बलिङतफए साइक क्रिकेट एकेडेमीका लागि सोमराजले तीन तथा रकिब र मुलरले दुई दुई विकेट लिए ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार