असार २८, २०८२ शनिबार July 12, 2025

पाटन प्रिमियर लिगः गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, ५ कात्तिकः यहाँको पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको छैटौँ दिन आज दुई खेल सम्पन्न भएका छन् । जसमा टिम कोइनोडा गुरुखोला लायन्स र पञ्चेश्वर गाउँपालिका विजयी भए ।

पहिलो खेलमा गुरुखोलाले सागर स्पोर्टस क्लब मेलौलीलाई आठ विकेटले हरायो । जितका लागि पाएको ६९ रनको लक्ष्य गुरुखोलाले चार दशमलव पाँच ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जसमा लोकेश चन्दले अविजित ४९ रनको योगदान गरे । सागर स्पोर्टसका लागि आकाश विष्टले एक विकेट लिए ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सागर स्पोर्टस १३ दशमलब चार ओभरमा ६८ रनमा समेटियो । जसमा धु्रव नायकले १५ रन बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

गुरुखोलाका लागि विकास आग्रीले तीन विकेट लिए । म्यान अफ द म्याचसमेत चुनिएका विकासले तीन ओभर बलिङ गर्दै दुई मेडन राखेर चार रन खर्चिँदै तीन विकेट हात पारेका हुन् ।

आजै सम्पन्न अर्को खेलमा पञ्चेश्वरले पाटन स्टार क्रिकेट क्लबलाई ८६ रनले हरायो । टस हारेर पहिला ब्याटिङ्ग गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २३३ रन बनायो । जसमा कप्तान अभिषेक पालले १४२ रन जोडे । स्टारका लागि धिरेन्द्र ऐरीले तीन तथा पंकज चन्दले दुई विकेट लिए ।

जितका लागि २३४ रनको विशाल लक्ष्य पछ्याएको स्टारले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४७ रन मात्रै बनायो । जसमा सुदर्शन भट्टले ४४, दिनेश जोशी ३० र आयुश ठगुन्नाले २७ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । पञ्चेश्वरका जयराम भट्टले तीन र विरेन्द्र नाथले दुई विकेट हात पारे ।

अभिषेक प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि शुरू प्रतियोगितामा १७ टोलीको सहभागिता छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान रहेको आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो । द्वितिय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

म्यान अफ द सिरिज बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार