असार २५, २०८२ बुधबार July 9, 2025

सोलद्वारा रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको ‘तत्काल फिर्ती’ को माग

युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै तत्काल फिर्तीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोल, ५ कात्तिक । दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ ।

सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ । यो प्योङयाङको पहिलो यस्तो विदेशी तैनाथी हो ।

दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसलाई हतियार आपूर्ति गरिरहेको दाबी गर्दै आएको छ । साथै उसले सैनिक तैनाथीप्रति चिन्ता व्यक्त गरेको छ । यो कदम उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा सैन्य सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो ।

सोलले रुसमा उत्तर कोरियाको हालैको सैनिक प्रेषणबारे गम्भीर चिन्ता व्यक्त ग¥यो र उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको जोडदार आग्रह ग¥यो”, उपविदेशमन्त्री किम होङ–क्युनले रुसी राजदूत जर्जी जिनोभिएभलाई भन्नुभयो ।

सोलको गुप्तचर निकायले विस्तृत उपग्रह तस्वीरहरू सार्वजनिक गरेको छ । तस्बिरहरूले विशिष्ट ‘स्टर्म कोर’ का पहिलो एक हजार पाँच सय उत्तर कोरियाली विशेष बल रुसी सैन्य जहाजहरूमा भ्लाडिभोस्टकमा पुगेको देखाएको छ ।

दुई देशबीचको कुनै पनि सैन्य सहयोगले धेरै सुरक्षा परिषद् प्रस्तावहरूको उल्लङ्घन गर्ने उपविदेशमन्त्री किमले बताउनुभयो ।

रुसी राजदूत जिनोभिएभले ‘रुस र उत्तर कोरियाबीचको सहयोग… दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित छैन’ भनी जोड दिनुभएको दूतावासले एक वक्तव्यमा भनेको छ ।

सोमबार नै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नाटो प्रमुख मार्क रुट्टेसँग कुरा गर्नुभयो र बढ्दो रुस–उत्तर कोरिया सहयोगविरुद्ध ‘ठोस प्रतिकार्य’ गर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

रुट्टेले सामाजिक सञ्जाल एक्समा यसले द्वन्द्वमा ‘महत्त्वपूर्ण वृद्धि’ गर्ने बताउनुभयो । नाटोले अहिलेसम्म उत्तर कोरियाली सैनिक तैनाथीको पुष्टि गरेको छैन ।

राष्ट्रपति युनका अनुसार सोमबार सोलमा रहनुभएका बेलायती विदेशमन्त्री डेभिड लामीले रुसको कार्यलाई ‘लापरवाह र गैरकानूनी’ भन्दै लन्डनले सोलसँग मिलेर जवाफ दिने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार