असार २५, २०८२ बुधबार July 9, 2025

ब्रिक्स सम्मेलनमा ब्राजिलका राष्ट्रपति सहभागी हुन नपाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबर २२ र २३ मा रुसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी नहुने भएका छन् ।

शनिबार ब्राजिलका राष्ट्रपति आफ्नै घरमा दुर्घटनामा परेका छन् । जसमा उनको टाउकोमा चोट लागेको थियो । लुला डा सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्ने कार्यक्रम थियो ।

‘ब्रिक्स’ पाँच विकासोन्मुख राष्ट्रहरूको समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन्।

ब्राजिलको राजधानी ब्रासिलियाको एक प्रमुख अस्पतालले भनेको छ, “हामीले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएका छौं। अब उनले भिडियो कन्फरेन्स मार्फत यो सम्मेलनमा भाग लिनेछन्।”

स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति लुला डा सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् ।

यसअघि रुसी राष्ट्रपति पुटिनले शुक्रबार ब्राजिलमा आगामी महिना हुने जी–२० सम्मेलनमा सहभागी नहुने बताएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबर २२ र २३ मा रुसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने भएका छन् ।

रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार