असार २८, २०८२ शनिबार July 12, 2025

एएफसी च्याम्पियन्स लिग : अल हिलालले युएईको क्लब अल ऐनलाई ५-४ गोल अन्तरले हरायो

नेइमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए। त्यसैगरी अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए।

यस खेलमा खेलको ८२ औं मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो।

यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि कमब्याक गरेका थिए। इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औं मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन्।

यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार