काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेका छन् । यरूशलेममा दुवैको भेट भएको थियो ।
बीबीसी संवाददाता टम बेटम्यानका अनुसार एन्टोनी ब्लिन्केनले नेतान्याहु र अन्यसँग युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नेछन्।
इजरायलले लेबनानमा हवाई आक्रमण गरिरहेको बेला यी दुईको भेट भएको हो । इजरायलले सोमबार साँझदेखि लेबनानको दक्षिण बेरुतमा धेरै हवाई हमला गरेको छ।
इजरायल डिफेन्स फोर्सले भनेको छ “हामी हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरिरहेका छौं।” एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया