असार २८, २०८२ शनिबार July 12, 2025

साफ महिला च्याम्पियनसिप फुटबल : बङ्गलादेशले भारतलाई हरायो

बङ्गलादेशले दुई खेलबाट चार अङ्क बटुल्दै समूह ए को शीर्षस्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ कात्तिक : राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गर्दै बङ्गलादेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । बङ्गलादेशले दुई खेलबाट चार अङ्क बटुल्दै समूह ए को शीर्षस्थानमा रहेको हो ।

समान खेलबाट तीन अङ्क जोडेको भारत पनि समूह ए को उपविजेता बन्दै सेमिफाइनमा पुग्यो । पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेको पाकिस्तान भारतसँग भने ५–२ ले पराजित भएको थियो ।

आज बङ्गलादेशको जितमा तोहुरा खातुनले दुई तथा अफिदा खन्दाकेरले एक गोल गरिन् । पराजित भारतका लागि भने बाला देवीले एक गोल फर्काइन् खेलको १९औँ मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता लियो । अफिदाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै खेलको २९औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पार्न सफल भयो । लामो पासमार्फत आएको बललाई गोल लाइन नजिकबाट तोहुराले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएकी हुन् ।

खेलको ४२औँ मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । उनले सामसुनार जुनियरले मिलाइदिएको क्रसलाई सदुपयोग गर्दै गोल गरेकी हुन् । तोहुराले गोल गरको एक मिनेट पनि बित्दै नपाउँदै भारतकी बाला देवीले एक सान्त्वना गोल गरिन् । खेलको विभिन्न समयमा भारतले गोल फर्काउने प्रयास गरे तापनि सफल हुन सकेन ।

साफ च्याम्पियसिपअन्तर्गत भोलि समूह बी का दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ः३० बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा साँझ ५ः३० बजे नेपाल र श्रीलङ्का आमनेसामने हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार