असार २५, २०८२ बुधबार July 9, 2025

मन्त्री चौधरीद्वारा श्रीमति भान्सेमा नियुक्त

श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेर तलब समेत खुवाइरहेको मन्त्रालय स्रोतको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । आफ्नो हात जगन्नाथ भने झै सुदूरपश्चिम प्रदेशका एकजना मन्त्रीले आफ्नी श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेको पाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेर तलब खुवाइरहेको पाइएको हो ।

गत २२ साउनमा मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले आफ्नी श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेका हुन् । मन्त्री लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेर तलब समेत खुवाइरहेको मन्त्रालय स्रोतले बताएको छ ।

श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेकोबारे मन्त्री लक्ष्मणकिशोरले भान्सेका रुपमा एक जना मुक्तकम्लरी राखेको तर आफ्नो स्वास्थ्य अवस्था जटिल रहेकोले श्रीमतीले खाना पकाउने गरेको बताए । उनले भने–‘म लामो समयदेखि विरामी छु, चिल्लो, पिरो खान मिल्दैन, श्रीमतीलाई मेरो स्वास्थ्य र खानाका ’boutमा थाहा छ । मलाई श्रीमतीले खाना पकाउँछिन् अरुलाई भान्सेले ।’

किड्नीको बिरामी रहेका मन्त्री लक्ष्मणकिशोरले यसो दावी गरेपनि मन्त्रालय स्रोतका अनुसार उनले आफ्नी श्रीमती सरस्वतीलाई भान्सेमा नियुक्ति गरेर तलबसमेत खुवाइसकेका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्री लक्ष्मणकिशोरले मन्त्रालयका एकजना कार्यालय सहयोगीलाई आफ्नो घरमा घरेलु काममा लगाइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर नागरिक उन्मुक्ति पार्टिका संस्थापक सदस्य समेत हुन् । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार