असार २८, २०८२ शनिबार July 12, 2025

कमल थापालाई टेनिस प्रतियोगितामा दुई राष्ट्रिय उपाधि

ब्वाइज यु–९ उमेरसमूहको सिङ्गल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जित्नुभएको हो ।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराउनुभयो । उहाँले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गर्नुभयो ।

महिला सिङ्गल्सको उपाधिका लागि अभिलाशा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा अभिलाषाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराउनुभयो ।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका विष्टमाथि ६–० र ६–१ को जित निकाल्नुभयो ।  पुरुष सिङ्गल्समा राजवीर प्रधान र ऋतिक राणाले फाइनलमा स्थान बनाउनुभयो । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराउनुभएको हो । अर्को सेमिफाइनलमा ऋतिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गर्नुभयो ।

पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन हुनुभयो । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराउनुभयो ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराउनुभयो । यु–१२ उमेरसमूहको गल्र्स सिङ्गल्समा अनुश्री धोजु र ब्वाइज सिङ्गल्समा विश्व डल्लाकोटी च्याम्पियन हुनुभयो । अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जित्नुभयो । यु–९ गल्र्स सिङ्गल्समा नैरा घलेले फाइनलमा रजिशा जोशीलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिङ्गल्समा शिभाली गुरुङ च्याम्पियन हुनुभयो ।

उहाँले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराउनुभयो । गल्र्सकै यु–१० उमेरसमूहको सिङ्गल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जित्नुभयो । ब्वाइज यु–९ उमेरसमूहको सिङ्गल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुग्नुभयो । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार