असार २५, २०८२ बुधबार July 9, 2025

यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेशावर, पाकिस्तान, ९ कात्तिक । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

“आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”, एकजना वरिष्ठ गुप्तचर अधिकारीले बताउनुभयो ।

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतङ्ककारीहरूले भारी आक्रमण गरेका थिए ।

आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले आतङ्कवादमा वृद्धि देखेको भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

खैबर जिल्लाको अफगान सीमा नजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एक जना प्रहरी मारिएका छन् ।

ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसाथ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार