असार २८, २०८२ शनिबार July 12, 2025

आईसीसी विश्वकप लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दै

एकदिवसीय यो खेलमा नेपालसहित ३ टोली सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे सुरु हुनेछ ।

खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित शृङ्खला शुक्रवारदेखि सुरु भएको हो ।

एकदिवसीय यो खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन् । प्रतियोगिता अन्तर्गत नेपालले बिहीबार स्कटल्यान्डसँग खेल्ने छ भने नोभेम्बर २ मा अमेरिका र नेपालबीच खेल हुनेछ । जबकी नोभेम्बर ४ मा नेपालले फेरि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको त्रिदेशीय शृङ्खला सकेर नेपाल अमेरिका पुगेको हो । क्यानडामा भएको खेलमा नेपालले एउटा खेल पनि जित्न सकेको थिएन ।

तेस्रो पटक लिग–२ खेल्न लागेको नेपालको प्रदर्शन निकै कमजोर छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । ८ खेल खेलेको नेपालले हालसम्म १ एक खेलमा मात्रै जित हात पारेको छ भने ६ खेलमा पराजित भएको छ । जबकी एक खेल अनिर्णित बनेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार