काठमाण्डौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव पदका लागि खुला दर्खास्त आह्वान गरिएको छ । यो ६ दशकको राखेपको इतिहासमा पहिलो पटक यस्तो खुला दर्खास्तको आह्वान भएको हो । सदस्य सचिव पदका लागि अहिले मैदानमा २७ जना उम्मेदवारी परेका छन् ।
आज दरखास्तको अन्तिम दिन बिहीबारसम्ममा थप १५ जनाले आवेदन दर्ता गरेका छन् । अघिल्लो दिन मात्रै निवर्तमान राखेप सदस्य सचिव रमेश सिलवालले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । गत मंसीरमा १३ औं साग सम्पन्न गरेर सफल बनेका सिलवाल सदस्यसचिव पदका लागि बलियो उम्मेदवारी पनि हुन् ।
खेलकुद विकास ऐन अनुसार सदस्यसचिवको सिफारिसका लागि खेलकुद मन्त्रालयले तीन सदस्यीय टोली बनाएको छ जसमा रामप्रसाद थपलिया संयोजक तथा इन्दिरा निरौला र रिम रानाभाट सदस्य छन्।
समितिले कम्तीमा एक महिलासहित तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। २७ जनामध्ये तीन महिलाको उम्मेद्वारी रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया