काठमाडौं। आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ।
यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया