असार २८, २०८२ शनिबार July 12, 2025

नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट : बागमती प्रदेशको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बागमती प्रदेशले नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सोमबार बागमतीले गण्डकी प्रदेशविरुद्ध १०० रनको सानदार जित निकाल्यो । जितसँगै बागमतीले दुई अङ्क जोडेको छ । पहिलो पराजय बेहोरेको गण्डकीको दुई खेलबाट समान अङ्क छ ।

बागमती प्रदेशले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याएको गण्डकी ३६ ओभरमा १२९ रनमै समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २२९ रनको योगफल तयार पारेको थियो ।

सोमबारै सम्पन्न पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध ४१ रनको जित निकाल्यो । जितसँगै लुम्बिनीले दुई खेलमा चार अङ्क जोडेको छ । लुम्बिनीले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३५.४ ओभरमा ११५ रनमा समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार