काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनका क्षेत्रमा लगानीको वातावरण तयार गरिरहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घको वार्षिक साधारणसभाको दोस्रो दिन आज आयोजित ‘ग्लोबल कन्क्लेभ’ मा बोल्दै उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा लगानीको वातावरण हामी बनाइदिन्छौँ । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौँ । त्यसमा तपाईँहरूले सहयोग गर्नुहोस् ।”
मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारिएको र संसद्को आगामी अधिवेशनबाट ऐनहरु आउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्दै आउनुभएकी म्यानमार निवासी ८१ वर्षीया भारती लुम्बिनीलाई मन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो ।रास
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया