काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गर्नुभएको छ ।
आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिनुुभएको हो ।
प्रधानमन्त्री ओलीले खेलमा विजयी खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गर्नुुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया