असार २५, २०८२ बुधबार July 9, 2025

चिनियाँ कार्ड देखाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री स्तरको चीन भ्रमण गराएर भारतलाई नजिक्याउने पर्यासमा सत्तारुढ दलका नेताहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका लागि पहल गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री ओलीको चीन भ्रमणको पहल भएको सरकारी अधिकारीहरू बताउँछन् ।

नेपालबाट आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने गरी तयारी भएको छ । चिनियाँ पक्षले स्वीकार गरेको खण्डमा प्रधानमन्त्री ओलीको चौथो कार्यकालको औपचारिक पहिलो विदेश भ्रमण चीनको हुनेछ । प्रधानमन्त्री ओलीले पहिले भारतको राजकीय भ्रमण चाहेका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक भएनन् । त्यसपछि प्रधानमन्त्री स्तरको चीन भ्रमण गराएर भारतलाई नजिक्याउने पर्यासमा सत्तारुढ दलका नेताहरू लागेका हुन् ।

गत असोजमा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका गएका थिए । त्यसबेला प्रधानमन्त्री ओलीले असोज ६ गते भारतीय प्रधानमन्त्री मोदीसँग भेटेका थिए ।

उक्त साइडलाइन भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । तर मोदी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् । त्यसपछि ओलीले चीनको भ्रमण गर्न चाहेका हुन् ।

चीनस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीको भ्रमणका लागि समन्वय गरिरहेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि भारतबाट विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । विदेश सचिव मिश्रीको भ्रमणपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको औपचारिक भ्रमण गरिन । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले समेत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकी थिइन ।

घटनाक्रमले भारतको भ्रमण तत्काल नहुने देखेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्न खोजेका हुन् । प्रधानमन्त्री ओलीले नै चीन भ्रमणका लागि तयारी थाल्न परराष्ट्रलाई आग्रह गरेका थिए । त्यसपछि चिनियाँ रातदूतावास र चीन सरकारलाई अनौपचारिक रूपमा भ्रमण चाहेको जानकारी गराइएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका नेताहरू चीनले निम्त्याउँदा बेइजिङ जाने बताउँछन् । भारतले निम्तो गर्दा दिल्ली जाने भन्दै उनीहरू प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत भ्रमणसँग जोड्नु उचित नहुने टिप्पणी गर्छन् ।

नेताहरूका अनुसार यसअघि नै चीनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको थियो । गत असार ३० गते ओली प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै चिनियाँ राजदूत छन सोङ बधाइ दिन पुगेका थिए । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार बधाई भेटमा प्रधानमन्त्री ओलीसँग राजदूत सोङले चीन भ्रमणबारे छलफल गरेका थिए । अहिले भ्रमण गर्ने सन्देश दिएपछि चीनले स्वागत नेताहरू बताउँछन् ।  मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार