असार २८, २०८२ शनिबार July 12, 2025

अध्यक्षकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

प्रतियोगितामा सुनसरी, उदयपुर, सिरहा र आयोजक सप्तरीका गरि कुल १६ वटा टिमको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । चौथो अध्यक्षकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोला खेल मैदानमा शुक्रबारदेखी सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवले ब्याटिङ तथा विष्शिठ अतिथि दिनेश प्रसाद यादवले बलिङ गर्दै उद्घाटन गरेका छन् ।

प्रतियोतिाको उद्घाटन खेलमा भदगाउँ क्रिकेट क्लब झुम्का (सुनसरी) ले गाईघाट वारियर्स क्रिकेट क्लब (उदयपुर) लाई चार विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

सो अवसरमा प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य यादवले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माण आवश्यक रहेको भन्दै यसका लागि आफूले समेत पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राइजिङ यूथ नेपाल सप्तरीको आयोजना तथा रुपनी गाउँपालिकाको सहयोगमा संचालित प्रतियोगितामा सुनसरी, उदयपुर, सिरहा र आयोजक सप्तरीका गरि कुल १६ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया