असार २८, २०८२ शनिबार July 12, 2025

आइसीसी विश्वकप लिग–२ : ओमानले युएईलाई ६ विकेटले हरायो

यो जितपछि ओमानको लिग–२ मा ९ खेलमा ८ अंक भएको छ र लिगमा छैटौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ।

ओमानमा जारी ओमानसहित युएई र नेदरल्याण्डसबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत शुक्रबार सम्पन्न खेलमा ओमानले युएईलाई ६ विकेटले पराजित गरेको हो।

युएईले दिएको केबल १२८ रनको लक्ष्य पछाएको ओमानले ४३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४१.३ ओभरमा अल आउट हुँदै १२८ रन बनाएको थियो।

यो जितपछि ओमानको लिग–२ मा ९ खेलमा ८ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ। त्यस्तै युएईको भने ८ खेलमा २ अंक छ र लिगको पुछारमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया