काठमाडौँ, १९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले स्कटरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सोमबार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ।
त्रिकोणात्मक सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले हारेको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको हो।
सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि पाँच विकेटको जित निकालेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा हुनेछ। लिग–२ को तालिकामा सातौं स्थानमा रहेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।
विश्वकप लिग–२ अन्तर्गत अमेरिका १२ खेल खेल्दै १६ अङ्कसहित पहिलो स्थानमा छ। १० खेल खेलेको स्कटल्यान्ड १३ अङ्कसहित तेस्रो स्थानमा छ भने ११ खेल खेलेको नेपाल ५ अङ्सकहित सातौं स्थानमा छ।
१२ खेल खेलेको क्यानडाको १६ अङ्क भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा छ। ८ खेल खेलेको नेदरल्याण्ड १२ अङ्कसहित चौथो स्थानमा छ भने १२ खेल खेलेको नामिबिया १० अङ्कसहित पाँचौं स्थानमा छ। ओमान ८ अङ्कसहित छैटौं स्थानमा हुँदा यूएई ४ अङ्कसहित तालिकाको पुछारमा छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया