असार २५, २०८२ बुधबार July 9, 2025

ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड

निर्वाचनले दृष्टिकोण धेरै फरक भएका दुई उम्मेदवारबीच छनोट गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैहुनुहुन्छ । दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैहुनुहुन्छ ।
रिपब्लिकन ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि ‘पहिरो’ जितको वाचा गर्नुभएको छ भने डेमोक्रेट ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयासमा ‘गति’ आफ्नो पक्षमा रहेको बताउनुभएको छ ।
यद्यपि मतदान दिवसको पूर्वसन्ध्यामा सर्वेक्षणहरूले फरक कथा बताउँछन् – राष्ट्रिय स्तरमा र निर्णायक सात स्विङ राज्यहरूमा पूर्ण गतिरोध देखिएको छ ।
दुई पटक ट्रम्पको हत्या प्रयास र ह्यारिसको आश्चर्यजनक ढिलो प्रवेशसहितको नाटकीय मोड लिएको यो दौड अब सबैभन्दा कडा लडाइँ भएको क्षेत्रमा केन्द्रित हुँदैछ ।
ह्यारिसले पूरै दिन रस्ट–बेल्ट राज्य पेन्सिलभेनियामा प्रचार गर्नुहुनेछ र फिलाडेल्फियामा गायिका लेडी गागासहितको विशाल ¥यालीमा समापन गर्नुहुनेछ । ट्रम्प नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र त्यसपछि मिशिगन जानुहुनेछ ।
पेन्सिलभेनिया कति महत्त्वपूर्ण छ भन्ने सङ्केतका रूपमा ट्रम्प र ह्यारिस दुवैले औद्योगिक शहर पिट्सबर्गमा प्रतिद्वन्द्वी ¥यालीहरू आयोजना गर्नुहुनेछ ।
जनसङ्ख्याको आधारमा प्रभाव प्रदान गर्ने अमेरिकी इलेक्टोरल कलेज प्रणालीअन्तर्गत पेन्सिलभेनिया सबैभन्दा ठूलो स्विङ स्टेट पुरस्कार हो ।
– तिमी बर्खास्त छौ –
दुवै पक्षले ठूलो शुरुआती मतदान सङ्ख्याबाट उत्साहित भएको बताउनुभएको छ । अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मानिसले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो ।
सन् २०२४ को ह्वाइट हाउस दौडको अविश्वसनीय नजिकले विभाजित संयुक्त राज्य अमेरिकालाई प्रतिबिम्बित गर्छ । निर्वाचनले दृष्टिकोण धेरै फरक भएका दुई उम्मेदवारबीच छनोट गर्दैछ ।
पूर्वराष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको खोजीमा आफ्नो अँध्यारो र हिंसात्मक वाणीलाई दोब्बर बनाउनुभएको छ । यसले उहाँलाई पहिलो दोषी ठहरिएको अपराधी र ७८ वर्षको उमेरमा निर्वाचित भएको सबैभन्दा पुरानो प्रमुख पार्टी उम्मेदवार बनाउनेछ ।
उपराष्ट्रपति ह्यारिसले भने राष्ट्रपति जो बाइडेनले जुलाईमा दौडबाट नाम फिर्ता लिएपछि डेमोक्रेटिक टिकटको शीर्षमा आश्चर्यजनक उदय गर्नुभएको छ ।
ह्यारिसले गर्भपतन एउटा प्रमुख मुद्दा हुनसक्ने आशा गर्नुभएको छ र विशेषगरी महिला मतदाताहरूसँग यसले ट्रम्पलाई चोट पु¥याउन सक्छ । ट्रम्पले आप्रवासी र अर्थतन्त्रमा ध्यान केन्द्रित गर्नुभएको छ र राजनीतिक विरोधीहरूलाई ‘भित्रैबाट शत्रु’ भन्नुभएको छ ।
उहाँहरू दुवैले स्विङ राज्यहरूमा तीव्र जिग–ज्याग यात्रा गर्नुभएको छ । कोलाहलपूर्ण र्‍यालीहरू र ह्यारिसको प्रख्यात टेलिभिजन कार्यक्रम ‘स्याटर्डे नाइट लाइभ’ मा समेत उपस्थिति रहेको छ ।
आइतबार चुनाव प्रचारमा ट्रम्पले समर्थकहरूसँग पत्रकारहरूलाई गोली हान्दा उहाँलाई वास्ता नहुने कुरा गर्नुभयो, निराधार चुनावी धाँधलीको आरोप लगाउनुभयो र कागजात नभएका आप्रवासीहरूद्वारा गरिएका अपराधहरूको विस्तृत विवरण दिनुभयो ।
“कमला – तिमी बर्खास्त छौ, बाहिर जाऊ”, ट्रम्पले जर्जियाको मेकनमा समर्थकहरूलाई भन्नुभयो ।
उहाँले सन् २०२० को पुनर्निर्वाचनमा बाइडेनसँग हारेपछि ह्वाइट हाउस ‘छोड्न नहुने थियो’ भन्नुभयो । त्यसपछि उहाँले नतिजा उल्ट्याउने प्रयास गर्नुभयो र यो २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमणमा टुङ्गियो ।
उहाँले फेरि पराजय स्वीकार गर्नुहुन्न भन्ने डर बढ्दै गएको छ ।
हाम्रो पक्षमा गति छ –
हालैका केही उत्साहजनक सर्वेक्षणपछि ह्यारिसका तर्फबाट उहाँले आइतबार मिशिगनमा जोशपूर्ण ¥यालीमा भन्नुभयो, “हाम्रो पक्षमा गति छ – यो हाम्रो साथमा छ ।”
उहाँले मिशिगनमा इजरायल–हमास युद्धमा अमेरिकी व्यवहारको विरोध गरेको ठूलो अरब–अमेरिकी समुदायलाई पनि आकर्षित गर्दै भन्नुभयो, “म गाजामा युद्ध अन्त्य गर्न मेरो शक्तिले भ्याएसम्म सबै गर्नेछु ।”
निर्वाचनले मध्यपूर्वमा द्वन्द्व र युक्रेनमा रुसको युद्धमा गहिरो प्रभाव पार्न सक्ने भएकाले विश्वले यो चुनावलाई चिन्तापूर्वक हेरिरहेको छ ।
यसैबीच अभियानका अन्तिम दिनहरूमा दुवै उम्मेदवारले उच्च–प्रोफाइल समर्थकहरूलाई परिचालन गर्नुभएको छ ।
दक्षिणपन्थी प्रविधि उद्योगपति एलन मस्कले दर्ता भएका मतदाताहरूलाई विवादास्पद १० लाख डलरको उपहार वितरण गरिरहनुभएको छ भने ह्यारिस पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामा तथा गायिका बियोन्सेको स्टार पावरमा भर पर्नुभएको छ ।
तथापि निवर्तमान राष्ट्रपति बाइडेन गत हप्ता ट्रम्पका समर्थकहरूलाई ‘फोहोर’ भनेर गल्ती गरेपछि चुनाव प्रचारबाट उल्लेखनीय रूपमा अनुपस्थित रहेका छन् ।
बाइडेनले अभियानको अन्तिम दिनको धेरैजसो समय ह्वाइट हाउसमा बिताउनुहुनेछ भने ह्यारिसले उहाँको गृहनगर पेन्सिलभेनियास्थित स्क्र्यान्टनमा एउटा कार्यक्रमबाट आफ्नो दिन सुरु गर्नुहुनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार