असार २५, २०८२ बुधबार July 9, 2025

साङ्गठनिक रूपान्तरण अभियानमा कांग्रेस

साङ्गठनिक सुदृढीकरण, आन्तरिक एकता र रूपान्तरणको ढाँचा तयार गरी भ्रातृ संस्थाको महाधिवेशन र विभागलाई पूर्णता दिने कार्य धमाधम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, कात्तिक २० गते । नेपाली कांग्रेसले साङ्गठनिक सुधारलाई दृष्टिगत गरी भ्रातृ संस्थाको महाधिवेशन तयारी र विभाग गठन कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक सुदृढीकरण, आन्तरिक एकता र रूपान्तरणको नवीनतम ढाँचा तयार गरी भ्रातृ संस्थाको महाधिवेशन र विभागलाई पूर्णता दिने कार्य भइरहेको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “साउन २३ देखि भदौ १६ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको निर्वाचनपूर्व चुनावी तालमेल नगर्ने र एकल बहुमत ल्याउने गरी साङ्गठनिक संरचनालाई नवीन रूपान्तरण गर्ने प्रस्ताव अनुसार पार्टीसँगै भ्रातृ संस्था र विभागका काम प्रभावकारी बनाउने उद्देश्यले नै सबै संरचनालाई पूर्णता दिने काम भइरहेको छ ।”

नेपाली कांग्रेसका नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घसहित १३ वटा भ्रातृ संस्था छन् । त्यसै गरी ६९ वटा विभाग रहेका छन् । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ५५ वटा विभागको प्रमुख तोकिएको छ । उहाँले भन्नुभयो, “१४ वटा विभागको प्रमुख तोक्न बाँकी छ । प्रमुख तोकिएका विभागमा सदस्य मनोनयनको काम पनि सँगसँगै अघि बढाइएको छ । जिल्ला कार्यसमितिलाई पनि विभागका सदस्य सिफारिस गर्न पत्राचार गरिएको छ । यो काम चाँडै सकिन्छ ।”

उहाँका अनुसार अधिकांश भ्रातृ संस्थाले पूर्णता पाइसकेको छन् । तरुण दल, महिला सङ्घ र विद्यार्थी सङ्घको महाधिवेशन चैतभित्र सम्पन्न गर्न निर्देशक समिति गठन गरेर तयारी थालिएको छ । कांग्रेसका शुभेच्छुक संस्था २६ वटा छन् तर शुभेच्छुक संस्थालाई पार्टीले कुनै विषय हस्तक्षेप गर्दैन । अभियान पनि सँगसँगै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार २०८१ असोज १ गतेदेखि पुस १० गतेसम्म सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने तय भएको थियो । असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछिको बाढीपहिरो र डुबानका कारण अभियान स्थगित भएको छ । मुख्यसचिव पौडेलले भन्नुभयो, “हिमाली जिल्ला अभियान सञ्चालन भइरहेको छ । पहाड र तराई/मधेशका जिल्लामा छठ पर्वपछि अभियान सुचारु हुन्छ । अभियान प्रभावकारी रूपमा अघि बढ्छ ।”

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीका सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्र बनाउन साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय भए अनुसार केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा खटिने छन् । उहाँले भन्नुभयो, “कांग्रेसभित्र नयाँ जागरण पैदा गर्ने गरी अभियान सञ्चालन गरिने छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार