असार २३, २०८२ सोमबार July 7, 2025

धुलिखेल अस्पतालमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’

मुटुको धड्कन कम तथा रोकिएका बिरामीको धड्कन नियमित गर्न त्यस्ता बिरामीको मुटुमा पेसमेकर (ब्याट्री) राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनेपा, २१ कात्तिक । काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालले आफ्नो इतिहासमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’ को सफल प्रत्यारोपण गरेको छ ।

अस्पतालले मुटुको धड्कन घटबढका कारण हुन सक्ने स्वास्थ्य जटिलता रोक्न अस्पतालमा पहिलो पटक जिल्लाको पनौतीका एक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ राखेको हो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, डा. सूर्यराज पाठक, डा. निशान भट्टराईसहित  स्वास्थ्यकर्मीको टोलीले पहिलो पटक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ प्रत्यारोपण गरेको हो । “डुअल चेम्बर पेसमेकर एक विशेष प्रकारको मुटुमा राखिने ब्याट्री हो ।

मुटुको धड्कनमा गडबडी भयो भने पेसमेकर (जनबोली अनुसार ब्याट्री) राख्नुपर्ने हुन सक्छ । धड्कन नियमित बनाउन पेसमेकर राखिन्छ,” अस्पतालका मुटुरोग विशेषज्ञ डा. कोजूले भन्नुभयो । उहाँले अस्पतालमा पहिलो पटक बिरामीमा ‘डुअल चेम्बर पेसमेकर’ राखिएको बताउनुभयो । मुटुरोग विशेषज्ञ भट्टराईले मुटुको धड्कन कम तथा रोकिएका बिरामीको धड्कन नियमित गर्न त्यस्ता बिरामीको मुटुमा पेसमेकर (ब्याट्री) राखिने बताउनुभयो ।

“मुटुभित्र चार वटा कोठा हुन्छन्, तीमध्ये दाहिनेतर्फका दुई कोठामा पेसमेकरका दुई वटा तार राखिन्छ भने साथमा छातीको माथिपट्टि सानो शल्यक्रिया गरेर बनाइएको भागमा ब्याट्री राखिन्छ । यसलाई ‘डुअल चेम्बर पेसमेकर’ भनिन्छ,” डा. भट्टराईले भन्नुभयो । उहाँले ‘डुअल चेम्बर पेसमेकर’ राख्न जटिल भए पनि यसले बिरामीका लागि धेरै राम्रो हुने बताउनुभयो । “गत मङ्गलबार अस्पतालमा हाम्रो विभागका नियमित बिरामी हिँड्दा थकाइ लाग्ने, चक्कर लाग्ने समस्या लिएर आउनुभयो । जाँच गर्दा उहाँमा राख्नुपर्ने आवश्यक भएपछि हामीले ‘डुअल चेम्बर पेसमेकर’ राखेका हौँ । यो राखेपछि ब्याट्रीले माग अनुसारको तरङ्ग आफैँ दिन्छ । यसले मुटुले गर्नुपर्ने सामान्य काम गर्न मद्दत गर्छ र बिरामीलाई हिँडडुल गर्नसमेत सहज हुन्छ,” उहाँले थप्नुभयो । उहाँले पहिला पहिला मुटुमा ‘सिङ्गल चेम्बर पेसमेकर’ राखिँदै आए पनि प्रविधिको विकाससँगै ‘डुअल चेम्बर पेसमेकर’ राख्ने चलन बढेको बताउनुभयो । उहाँले डुअल चेम्बर पेसमेकरमा राखिएको ब्याट्रीले आठदेखि १० वर्षसम्म काम गर्ने बताउँदै ब्याट्रीको आयु छ÷छ महिनामा जाँच गरिने बताउनुभयो ।

डा. भट्टराईले ‘सिङ्गल चेम्बर पेसमेकर’ राख्दा एउटा बिरामीले एक लाखदेखि एक लाख २० हजारसम्म र ‘डुअल चेम्बर पेसमेकर’ राख्दा दुई लाख ३० हजार रुपियाँसम्म खर्च हुने बताउनुभयो । त्यसमध्ये एक लाख रुपियाँ स्वास्थ्य बिमाबाट बेहोर्न सकिने जानकारी उहाँले दिनुभयो । धुलिखेल अस्पतालमा सुरु भएको ‘डुअल चेम्बर पेसमेकर’ तथा मुटुसम्बन्धी विशिष्ट उपचारबाट काभ्रेपलाञ्चोकसहित मध्यपहाडी र तराईका मुटुरोगी लाभान्वित हुन सक्ने छन् । ‘डुअल चेम्बर पेसमेकर’ मनमोहन कार्डियोथोरासिक, गङ्गालाललगायतका राजधानीका अस्पतालमा राखिँदै आएको छ । उपत्यकाबाहिरका कमै अस्पतालले मात्र यो सेवा सुरु गरेका छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार