श्रावण १९, २०८३ मंगलबार August 4, 2026

नर्सिङ परीक्षाको नतिजा सार्वजनिक – असार २२ गतेदेखि प्रमाणपत्र वितरण गर्ने

परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार शुल्क भुक्तानी गरी आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले आज एक सूचना जारी गर्दै गत असार १७ र १८ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।

प्रकाशित नतिजामा पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तह समावेश छन्। परीक्षार्थीहरूले आफ्नो नतिजा परिषद्को आधिकारिक वेबसाइट Application.nnc.org.np मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीको सूचना पाटीमा हेर्न सक्नेछन्।

परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार शुल्क भुक्तानी गरी आवेदन दिन सक्नेछन्। प्रमाणपत्र लिन जाँदा आफ्नो नागरिकताको सक्कल प्रति, परीक्षाको प्रवेश पत्र र परीक्षाका लागि पेश गरिएका सम्पूर्ण शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्ने परिषद्ले जनाएको छ।

परिषद्ले विभिन्न तहका लागि असार २२ गतेदेखि फरकफरक समयमा प्रमाणपत्र वितरण गर्ने तालिका पनि सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया