मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

कोशीका मुख्यमन्त्री कार्कीले दिए छठको शुभकामना

संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया