मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

छठ पर्वले सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ: मुख्यमन्त्री आचार्य

धर्म, संस्कृति, रीतिरिवाज तथा चाडपर्वहरूले समाजमा एकताको भावना बलियो बनाउन सघाएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै समाजलाई आपसी सद्भाव र एकतामा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। छठ पर्व २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले धर्म, संस्कृति, रीतिरिवाज तथा चाडपर्वहरूले समाजमा एकताको भावना बलियो बनाउन सघाएको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले प्रदेशका मौलिक संस्कृतिहरूको संरक्षण र सम्बर्द्धनको लागि विभिन्न योजनाहरू निर्माण गरेर कार्यान्वयन गरिरहेको जानकारी पनि दिनुभयो। समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न सरकारले काम गरिरहेको उहाँको भनाइ छ। उहाँले थप गर्दै मौलिक चाडपर्वहरूले समाजमा विद्यमान विविधता र सहिष्णुतालाई बलियो बनाउने उल्लेख गर्नुभयो।

छठ पर्वको महत्त्वबारे बोल्दै उहाँले यो पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसङ्गतिहरूलाई अन्त्य गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। “छठ पर्वले समाजमा समानता र सामाजिक न्यायको सन्देश दिने भएकाले सोही अनुसारको व्यवहार प्रदर्शन गर्न जरुरी छ,” उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। संविधानले पनि सबै प्रकारको विभेदको अन्त्य गर्दै सामाजिक, सांस्कृतिक, र धार्मिक एकताले समाजलाई बलियो बनाउन सकिने स्पष्ट गरेको कुरा उहाँले स्मरण गराउनुभयो।

समानता र सन्तुलनको प्रतीक सूर्य देवताको पूजा यो पर्वको विशेषता भएको र यसले भेदभाव विना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप, र प्रकाश दिन्छ भन्ने मान्यता रहेको उहाँले बताउनुभयो। छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, पोखरी, तालतलैयाको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गर्दै मनाइने र यस अवसरमा छठी माताको आराधना गरिन्छ। विशेष गरी तराई–मधेश क्षेत्रमा प्रचलित यस पर्व पछिल्लो समयमा पहाडी र हिमाली जिल्लाहरूमा पनि श्रद्धा र भक्तिपूर्वक मनाइने चलन बढ्दै गएको छ।

परम्पराअनुसार छठको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गर्ने प्रचलन छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख, तथा मनोकामना पूरा हुने विश्वास रहेको पनि मुख्यमन्त्री आचार्यले बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार