मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

शंख किन बजाइन्छ ? यस्ता छन् शंखको धार्मिक र बैज्ञानिक गुण :

कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुने बिश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिन्दुधर्ममा शंख वा शंखको निकै ठुलो महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्य शंख ध्वनी बिना अधुरो मनिन्छ । हिन्दु धर्ममा शंख घरमा राख्दा पनि शुभ मनिन्छ ।

शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये एक शंख थियो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने धार्मिक मान्यता रहेको छ ।

तर शंख किन बजाइन्छ ? यसको फाइदा के ? भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ ।

शंख बजाउनुको अर्थ, महत्व र बैज्ञानिक फाइदा निम्न छन्ः

१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभ फलदायक मानिन्छ ।

२. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।

३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।

४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।

५. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।

६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।

७. वास्तु अनुसार घरमा शंख राख्दा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति मिल्छ ।

८. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया