कार्तिक २९, २०८३ आइतबार November 15, 2026

यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु

महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर (धनुषा), २४ कात्तिकः यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा आज जनकपुरधाममा भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य रुपमा मनाउने निर्णय गरेसँगै तयारी सुरु भएको हो । बैठकले महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरेको छ ।

बेठकले आगामी मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गर्ने, जन्तीलाई महोत्तरीको मटिहानीमा आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्ने र रात्रिको भोजन तथा आवासको व्यवस्थापन गर्ने निर्णय गरेको छ । १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ ।

मङ्सिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र बिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुषयज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । मङ्सिर २१ गते राति जानकी मन्दिरको प्राङ्गणमा मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतीकात्मक विवाह उत्सव कार्यक्रम हुने उहाँले बताउनुभयो ।

यसअघि मधेश प्रदेश सरकारले जनकपुरधाममा आउने जन्तीको स्वागत तथा सम्मानको कार्यक्रम प्रदेश सरकारको अगुवाइमा गर्ने निर्णय गरेकाले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको छ । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी रूपमा मनाइँदै आएको विवाह पञ्चमी महामहोत्सवमा यस वर्ष भारतको अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्ति, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारी तथा विश्व हिन्दू परिषद् भारतका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।

आगामी मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सवअन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुषयज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार
बङ्गुर पालनबाट मनग्य आम्दानी
२०८३ कार्तिक २९, आइतबार
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
२०८३ कार्तिक २९, आइतबार