असार २८, २०८२ शनिबार July 12, 2025

स्पेनिस ला लिगा : भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हसिल गरेको छ।

Vinicius Hat-Trick Guides Real To Big Victory | Soccer Ladumaशनिबार सम्पन्न खेलमा भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे भने जुडे बेलिङघमले एक गोल गरेका थिए। यो जितपछि रियल म्याड्रिडको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

Vinicius hat-trick saves Real Madrid in Champions League, Villa go top -  Sport - The Namibianरियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछाडी रहेको छ। त्यसैगरी ओसासुनाको १३ खेलमा २१ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया