कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बैजनाथमा एकादशी रात्रि मेला

साँझ पख सुरु भएर रातभर सञ्चालन हुने लालपुर एकादशी मेलामा बाँके र बर्दिया जिल्लाका टाढाटाढाबाट सर्वसाधारण पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
राँझा (बाँके), २८ कात्तिकः बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरु भएको छ ।
हरिबोधनी एकादशीका अवसरमा लालपुरस्थित खुला मैदानमा तुलसी विवाह विशेष पूजाआजा गरी साँझ एकादशी मेलाको औपचारिक रुपमा शुभारम्भ भएको गाउँपालिका–६ का वडाध्यक्ष भुपाल पुनमगरले जानकारी दिनुभयो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हरिबोधिनी एकादशी रात्रि मेला परम्परागत रुपमा वर्षैदेखि लाग्दै आएको छ । विगतमा बर्दियाको बाँसगढी नगरपालिकाअन्तर्गत पर्ने महादेवा गाउँमा लाग्दै आएको एकादशी मेला करिब दुई दशकदेखि मानखोला बारी बाँकेको बैजनाथ–६ लालपुरस्थित खुला क्षेत्रमा लाग्दै आएको हो । वडा कार्यालयको संरक्षकत्वमा हुँदै आएको मेलाको व्यवस्थापन स्थानीय न्यू जर्नी युवा क्लबले गरेको वडाध्यक्ष पुनमगरले बताउनुभयो ।
मेलामा परम्परागत सांस्कृतिक तथा मौलिक नृत्य, झाँकीहरु, मनोरञ्जनका रमाइला खेलहरु, व्यापारिक स्टल रहने आयोजक तथा व्यवस्थापनको जिम्मा लिएको न्यू जर्नी युवा क्लबका सचिव सुमन विश्वकर्माले जानकारी दिनुभयो ।
साँझ पख सुरु भएर रातभर सञ्चालन हुने लालपुर एकादशी मेलामा बाँके र बर्दिया जिल्लाका टाढाटाढाबाट सर्वसाधारण पुग्ने गरेको बैजनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रुचालले बताउनुभयो ।
परापौराणिक कालदेखि महादेवा मेलाका रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने गरेका छन् । मेला बुधवार दिउँसो १२ बजेसम्म निरन्तर सञ्चालन हुने निवर्तमान अध्यक्ष रुचालले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार
बङ्गुर पालनबाट मनग्य आम्दानी
२०८३ कार्तिक २९, आइतबार
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
२०८३ कार्तिक २९, आइतबार