काठमाडौं, २८ कार्तिक । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम परिषद्को प्रमुख कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त माग गरेको छ ।
प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम परिषद् ऐन २०७५ र नियमावली २०८० बमोजिम स्थापना हुने प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम परिषद्को प्रमुख कार्यकारी निर्देशकको नियुक्तिका लागि आवेदन माग गरेको हो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम परिषद् सम्बन्धी ऐन तथा नियमावली र प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम आवेदन मागिएको छ । योग्यता पुगेका उम्मेदवारले मंसिर ७ गतेभित्र कार्यालय समयमा निवेदन पेश गर्नुपर्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया