असार २५, २०८२ बुधबार July 9, 2025

प्रेस काउन्सिलको निगरानीमा सामाजिक सञ्जाल

पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल युट्युब र फेसबुकमा राखिएका समाचार सामग्रीमाथि निगरानी सुरु गरेको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन भन्दै काउन्सिलले कार्यविधि निर्माण गरेर निगरानी थालेको हो ।

मिडियाको नियामक निकाय काउन्सिलले आम सञ्चारमाध्यमसँग सम्बद्ध भएका र नभएका युट्युब च्यानल तथा फेसबुक पेजमा सञ्चालकको नाम, ठेगाना प्रस्ट राख्न र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न अपिल गरेको छ । काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टीभीसहित सामाजिक सञ्जालका पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन बेग्लै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।

मिडियाका युट्युब च्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आए वा स्वअनुगमनबाट देखिए पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही हुने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अन्धविश्वासलाई प्रश्रय दिने, अश्लील सामग्री, अशिष्ट र अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिए अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गर्ने गरिएको छ ।

प्रचलित कानुनअनुसार दर्ता भई स्थापित सञ्चारमाध्यमप्रति कतिपय सामाजिक सञ्जाल (युट्युब र फेसबुक पेज) बाट वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको विशेष अनुगमनमा पाइएको काउन्सिलले जनाएको छ ।

सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योलसमेत सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समाधानका लागि राज्यका निकायहरूसँग समन्वय र सहजीकरण गरिरहेको पनि काउन्सिलले जनाएको छ । ‘कुनै सूचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्छ । आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चारमाध्यम एवम् सम्बद्ध सामाजिक सञ्जालको हुन्छ,’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने, ‘आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रम आफैं हट्दै जानेछन् ।’

मिडियाको आवरणमा रहेका पेजमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभए वा विज्ञापन दिन अस्वीकार गरे त्यस संस्था, कम्पनी एवम् व्यक्तिका बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोप लगाई मिथ्या सूचना प्रकाशन र प्रसारण गरेको गुनासो प्राप्त भइरहेको काउन्सिलले जनाएको छ । ‘यस्ता गतिविधि तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सत्य, तथ्य एवम् सन्तुलित सूचना प्रवाह गर्न सके मात्र सामाजिक सञ्जालप्रति जनविश्वास बढ्ने प्रेस काउन्सिलको धारणा छ । सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार