असार २५, २०८२ बुधबार July 9, 2025

गृहको निर्देशनविपरीत घुमुवा प्रहरी

सीमावर्ती नाका काँकडभिट्टालगायत आसपासका क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर सामान तस्करी हुने क्रम बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इटहरी, कात्तिक ३० गते । गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने व्रmम पूर्वी नेपालमा चलिरहेको छ । विशेष गरी भारतीय सीमावर्ती नाका तथा खुला सीमा क्षेत्रबाट भइरहेको तस्करीका घटनामा संलग्न सङ्गठित तस्कर तथा व्यवसायीको समन्वय र संरक्षण गर्दै उनीहरूबाट अवैध रूपमा रकम असुल गर्ने उद्देश्यले घुमुवा प्रहरी परिचालन भइरहेका हुन् । गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको हेडक्वाटरले सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपले बन्देज गरेको छ ।

सीमावर्ती नाका काँकडभिट्टालगायत आसपासका क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर सामान तस्करी हुने क्रम बढिरहँदा सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका घुमुवा प्रहरी परिचालन भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहतका घुमुवा प्रहरी परिचालन भइरहेका छन् ।

इप्रका काँकडभिट्टा अन्तर्गत प्रहरी हवलदार विनोदकुमार मण्डल, तेज चौलागाईं र भरत कट्टेल घुमुवाका रूपमा काँकडभिट्टा तथा मेचीनगर नगरपालिका अन्तर्गतका अन्य नाका क्षेत्रमा परिचालित रहेका छन् । करिब १२ वर्षदेखि काँकडभिट्टामा परिचालित हुँदै आएका प्रहरी हवलदार मण्डलको दरबन्दी नेपाल प्रहरी पहरा गण, गुल्म नम्बर २ सामाखुसीमा रहेको छ । हवलदार मण्डल काज आदेशबिना नै काँकडभिट्टामा लामो समयदेखि घुमुवाका रूपमा काम गर्दै आएको बुझिएको छ ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय झापा अन्तर्गत पनि काँकडभिट्टामा प्रहरी हबलदार यम श्रेष्ठ, वीरेन्द्र मण्डललगायतका व्यक्ति घुमुवाका रूपमा लामो समयदेखि परिचालित रहेका छन् । सशस्त्र प्रहरी बलको तर्फबाट पनि काँकडभिट्टा गुल्मले गुल्मका कोर्ट मास्टरसमेत रहेका हवलदार शम्भु खत्रीलगायतका सुरक्षाकर्मीलाई घुमुवाका रूपमा परिचालन गरेको बुझिएको छ । यसअघि सशस्त्र प्रहरी बलको गुल्म मातहतमा सादा पोसाकमा परिचालित सशस्त्र प्रहरी हवलदार हरि राईलगायतका आधा दर्जन घुमुवालाई कारबाही गर्दै सशस्त्र प्रहरी बल मुख्यालयले काठमाडौँ झिकाएको थियो । अहिले घुमुवाका रूपमा लामो समयदेखि परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई कुनै तहले केही कारबाही नगरेको काँकडभिट्टाका नागरिक अगुवा भरतर राईको भनाइ छ ।

भारतको पश्चिम बङ्गाल राज्यसँग झापा जिल्लाको १४२ किलोमिटर क्षेत्र सिमानामा जोडिएको छ । सो सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक तथा चोरी, तस्करीका घटना नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने जिम्मेवारीका लागि भारतीय सीमावर्ती तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी बलको १७ वटा बोर्डर आउट पोस्ट (बिओपी) र चार वटा गुल्म परिचालित छन् । यसबाहेक सीमा क्षेत्रबाट भइरहेको चोरी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि नेपाल प्रहरीमातहत विभिन्न इप्रका, सीमा प्रहरी चौकी, प्रहरी चौकी, प्रहरी पोस्ट र चेकपोइन्ट पनि परिचालित छ ।

सीमा क्षेत्रमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीयस्तरको युनिट नै सेटिङ र समन्वयमा लागेका कारण सीमा क्षेत्रबाट अवैध चोरी तस्करी दिनप्रतिदिन बढिरहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

विशेष गरी काँकडभिट्टाको मुख्य नाकाका अतिरिक्त मेचीनगर नगरपालिका अन्तर्गत पर्ने बाहुनडाँगी, नकलबन्दा, प्रसादगौडा, भान्साखोला, सतीघट्टालगायतका नाकाबाट नियमित रूपमा सङ्गठित तस्करी भइरहेको बताइएको छ । तस्करीमा संलग्नले तेस्रो मुलुकबाट आयात गरिएका सुपारी, चाइनिज लसुन, लाइटर, सुकुमेललगायतका सामग्री तथा गाईगोरु, बाख्रा भारततर्फ अवैध रूपमा पठाउने गरेका छन् । यी सबै सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीय युनिटकै सेटिङको आडमा सहज रूपमा सीमा पार गराउने गरिएको स्थानीयको आरोप छ ।

त्यसै गरी भारतबाट नेपालतर्फ ल्याउन प्रतिबन्धित सुर्तीजन्य सामग्री, खाने तेलका साथै लत्ताकपडा, चिनी, मोटर पार्टस्, इलेक्ट्रोनिक्स सामानलगायतका विभिन्न खाद्यसामग्री काँकडभिट्टा नाका तथा आसपासको खुला सीमा क्षेत्रबाट तस्करी हुने गरेको छ । नाकाबाट यी वस्तुको तस्करी हुनाले नेपालको स्थानीय बजारमा भन्सार तिरेर ल्याइएका सामानको मूल्य प्रतिस्पर्धात्मक हुन नसक्ने व्यापारीको गुनासो छ ।

नेपाल र भारतबिच खुला सीमा रहेका कारण यो नाकाबाट दुवै देशका स्थानीय व्यापारीलाई आवागमन सहज देखिन्छ तर यसैको फाइदा उठाउँदै सङ्गठित तस्करीको गिरोह सकृय हुँदै गइरहेको छ ।

काँकडभिट्टा नाका तथा वरपर रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गुल्म, इप्रका, चौकी, पोस्ट र चेकपोइन्टलगायतका युनिटले भन्सार छली सामानमाथि निगरानी गर्ने जिम्मेवारी पाए पनि तस्करीको गिरोहसँगको संलग्नताको आरोपले शङ्कास्पद स्थिति सिर्जना गरेको बताइन्छ । केही व्यापारीले प्रहरी र सशस्त्र प्रहरी बलले सेटिङका माध्यमबाट तस्करीमा प्रत्यक्ष सहयोग गर्दै आएको र यसबापत मोटो रकम असुल्ने गरेको आरोप छ ।

इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामासँग काँकडभिट्टा क्षेत्रमा घुमुवा प्रहरी परिचालन र उनीहरूकै संरक्षण तथा समन्वयमा तस्करी मौलाइरहेको आरोपका विषयमा कुरा गर्दा आफूले यस विषयमा केही बताउन नमिल्ने र जिल्लामा प्रवक्तामार्फत बुझ्न आग्रह गर्नुभयो । झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले केन्द्र्रको निर्देशनविपरीत घुमुवा परिचालन नभएको बताउँदै कतिपय व्यावसायिक काम, फरार अपराधी पव्रmाउ गर्ने र सूचना सङ्कलन गर्नका लागि केही व्यक्ति परिचालन भएको हुन सक्ने बताउनुभयो । विगत एक दशकभन्दा बढी समयदेखि एउटै व्यक्ति सादा पोसाकमा परिचालन भइरहेको भए पनि उहाँले किन नाकामा सादा पोसाकमा प्रहरी हिँड्नै नहुने हो र भन्दै प्रतिप्रश्न गर्नुभयो ।

यता काँकडभिट्टाका सामाजिक अभियन्ता राधेश्याम कार्कीले झापाका नाकामा हुने तस्करीलाई रोक्नका लागि कडा निगरानी र सुरक्षा संयन्त्रमा सुधार आवश्यक रहेको बताउनुहुन्छ । उहाँले स्थानीयस्तरमा परिचालित घुमुवा तत्काल हटाउनुपर्ने र अन्य सुरक्षाकर्मीमाथि नियमित अनुगमन गर्न र तस्करी नियन्त्रणका लागि विशेष योजना ल्याउन सङ्घीय सरकारको स्तरबाट सव्रिmयता देखाउन जरुरी रहेको बताउनुहुन्छ । आजको गोरखापत्रबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार