असार २५, २०८२ बुधबार July 9, 2025

नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी

अपराधमा संलग्न भई दोषी ठहर हजार बढी विदेशी नागरिक फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा विभिन्न समयमा अपराधमा संलग्न विदेशी कैदीबन्दी १ हजार ४ सय जना रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो भारतीयहरू चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा संलग्न भएकाहरू कैद भुक्तानका लागि देशको विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

हाल नेपालका कारागारहरूमा भारत, भुटान, चीन, अमेरिका, क्यानडा, जर्मनी, म्यानमार, पाकिस्तान, बोलिभिया, जाम्बिया, सर्विया र बंगलादेशका नागरिकहरू छन् । नेपालका कारगारमा कुल २८ हजार बढी कैदीबन्दी छन् । तीमध्ये १ हजार ४ सयको हाराहारीमा विदेशी कैदीबन्दी रहेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये ४ प्रतिशत विदेशीको संख्या रहेको छ ।

त्यस्तै, नेपालमा अपराध गरेर १ हजार ३ सय ५७ जना विदेशी अपराधी फरार रहेका छन् । नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर अपराध गर्नेहरू सुरुमा अदालतको आदेशमा थुनामा रहने र पछि धरौटीमा छुटेपछि फरार हुने गरेका पाइएको छ । नेपालमा अपराध गरेर त्यसरी फरार हुने धेरै विदेशी नागरिकलाई नेपालले पक्रन सकेको छैन । पक्राउ परिहाले भने पनि तारेखमा छुट्ने र तारेखमा छुटेलगतै भाग्ने गरेका कारण मुद्दाको फैसला हँुदासम्म त्यस्ता अपराधी पक्राउ गर्न सकिएको छैन ।

यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालतको फैसला निर्देशनालयको अभिलेखमा उल्लेख छ । वन्यजन्तुका अन्तर्राष्ट्रिय गिरोहमा संलग्न इयान बेकर विगत ८ वर्षदेखि फरार सूचीमा छन् । राजधानीमै वन्यजन्तुको आखेटोपहारको भण्डारण गरी तस्करी गर्दै आएका उनीविरुद्ध प्रहरीले पक्राउ गर्नका लागि फरार अपराधीको सूचीमा राख्दै इनटरपोल जारी ग¥यो । तर, उनी पक्राउ पर्न सकेनन् ।

‘गोल्डक्वेस्ट’ खेलाउने हङकङ नागरिक डोन्ना मारिई ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामबाट ५३ करोड ६० लाख रुपैयाँ असुल गर्न र ती अभियुक्तलाई सजाय गर्नेगरी सर्वोच्चबाट २६ माघ २०६५ मा अन्तिम फैसला भएको थियो । तर, फैसलाअगावै उनीहरू नेपालबाट भागे । सम्पत्ति शुद्धीकरण अभियोगमा चिनियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ उठाउनुपर्नेछ तर उनी मुद्दा लाग्नुअगावै फरार भए ।

कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका अदालतमा चाङ छन् । फैसला निर्देशनालयका अनुसार पारस्परिक कानुनीसम्बन्धी ऐन भए पनि दुई देशबीच सुपुर्दगी सम्झौता नहुँदा ठूलो अपराधमा मुछिएकालाई पक्राउ गरेर नेपाल ल्याउन समस्या देखिन्छ ।

बेलायतस्थित एस्योर्ड रिक्स कम्पनीका ठेकेदार माइकल राइडरबाट ४२ करोड ६० लाख २४ हजार असुल गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सो मुद्दामा १ फागुन २०६८ मा विशेष अदालतबाट प्रमुख ठेकेदार रहेका राइडरलाई २ वर्ष कैद, २८ करोड ४० लाख जरिमाना र राइडरको एस्योर्ड रिस्क कम्पनीबाट १४ करोड २० लाख ८ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने फैसला गरेको थियो ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भएका भारतीय नागरिक राजेशकुमार र सुनीत माथुरबाट ९ करोड ३२ लाख रुपैयाँ बिगो र २ वर्ष कैद असुल्न बाँकी छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार