कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज सोमबार शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँईको राशिफल

मकरलाई आज रसरागमा आकर्षण बढ्नेछ भने सन्तानसुख मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष – मेहनतले सम्मानित स्थान दिलाउने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ, ध्यान राख्नुहोला । यात्रागत कार्य सफल रहनेछ । रोकिएको काम अघिबढ्नेछ ।

वृष – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र कामले धेरैको मन लोभ्याउन सकिनेछ समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, जसले जाँगरमा ह्रास ल्याउन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । परिवारिक सुखमा दिन बित्ने देखिन्छ ।

मिथुन – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । विभिन्न उपहार प्राप्त हुने र प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने देखिन्छ । तपाईंका कामबाट अरुहरु निकै प्रभावित हुनेछन् । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । पराक्रमका साथै बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आजको दिन सहयोगीहरूले विशेष साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने देखिन्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहला । हाँसखेलमा बित्नसक्ने मनोरञ्जनपूर्ण समय छ ।

सिंह – आजको दिन बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । नयाँ स्थानमा यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तजनसँग सम्बन्ध चिसिनसक्छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुख-शान्ति रहनेछ ।

कन्या – मिश्रित फलदायी समय छ । पारिवारिक सहयोग प्राप्त हुनेछ तर नियमित कार्यमा पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पुरानो रोगले पनि सताउने सम्भावना छ, खानपान आदिमा सजग रहनुहोला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । आय-आर्जनको माध्यम बिगार्न खोज्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनु उचित हुनेछ । कर्मबल वृद्धि भएपनि श्रमको उचित मूल्य नमिल्न सक्छ ।

तुला – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

वृश्चिक – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ र बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । दौडधुप वा ब्यस्तता वृद्धि भएपनि आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्तिका साथै सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – भाग्योन्नतिको समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । ब्यवसायमा राम्रै लाभ हुनेछ भने पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । दामपत्यसुख बढ्नाले मन प्रशन्न रहला । रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।

मकर – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ, तथापि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा बढ्ने देखिन्छ, नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ भने सन्तानसुख मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तथापि, आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । प्रेमभाव बढ्नेछ । सामर्थ्य वृद्धि हुनेछ ।

मीन – आजको दिन सामाजिक काममा रुचिका साथै पराक्रम वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया