असार २१, २०८२ शनिबार July 5, 2025

यूईएफए नेसन्स लिग : क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

लिग–ए ग्रुप–वानमा ६ खेलमा १४ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलसँग बराबरी खेल्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पोर्चुगल यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको थियो । खेलको ३३ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, ६५ औं मिनेटमा जोस्को ग्भार्डियोलले क्रिस्टिजन ज्याकिकको क्रसलाई गोलमा परिणत गरेपछि घरेलु टोलीले पुनरागमन गरेको थियो ।

यो नतिजासँगै लिग–ए ग्रुप–वानमा ६ खेलमा १४ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा कायमै रहृयो । क्रोएसियाले समान खेलबाट ८ अंक जोडेको छ । यस्तै, लिग–ए ग्रुप–वानमा स्टल्यान्डले पोलान्डलाई २–१ गोलले हराएको छ ।

लिग–सी ग्रुप–टूको खेलमा कोसोभोले लिथुवानियालाई १–० र रोमानियाले साइप्रसलाई ४–१ गोलले पराजित गरेको छ । यस्तै लिग–सी ग्रुप–थ्रीमा बुल्गेरिया र बेलारुसले १–१ तथा लक्जेम्बर्ग र उत्तरी आयरल्यान्डले २–२ गोलको बराबरी खेलेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार