कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्यागोडा शैलीमा स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिँदै

पुरानो शैलीको मन्दिरले स्वर्गद्वारीको महत्त्व थप बढ्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

स्वर्गद्वारी (प्यूठान), ४ मङ्सिर : प्यागोडा शैलीको वास्तुकला प्रयोग स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिन थालिएको छ । स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरी अर्थात् स्वर्गद्वारी महाप्रभुको समाधिस्थलमा सो मन्दिर निर्माण गर्न थालिएको हो ।

स्वर्गद्वारी आश्रमको लगानीमा आश्रम परिसरमा रहेको पुरानो मन्दिर भएको स्थानमा नयाँ मन्दिरको स्थापना गर्न थालिएको आश्रमका मुख्य कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । निर्माणका लागि सोमबार भूमि पूजा गरी शिलान्यास गरिएको हो ।

प्यागोडा शैलीमा निर्माण भएको पशुपति नाथको मन्दिरको शैलीमा मन्दिरको निर्माण हुनेछ । जसका लागि डिपिआरको काम भइरहेकोमा करिब रू १२ देखि १५ करोडको लागत अनुमान गरिएको न्यौपानेले बताउनुभयो । “केही डिजाइन आएका छन् सोहीअनुसार निर्माण थालेका हौँ”, न्यौपानेले भन्नुभयो, “भक्तपुरे इँटा, सुर्की चुना, काठको पिल्लरको मात्रै प्रयोग हुनेछ ।” एक वर्षभित्र निर्माण सक्ने गरी मिस्त्री तयार गरी शिलान्यास गरिएको हो ।

मन्दिर निर्माणका लागि आन्तरिक स्रोत तथा दाताहरू खोजिएको छ । रू एक लाख २५ हजारभन्दा बढी दान दिनेको नाम शिलालेख लेख्ने, सो रकमभन्दा कम दिनेलाई रसिद दिने गरी भवन निर्माणार्थ सहयोग उठिरहेको छ । पुरानो शैलीको मन्दिरले स्वर्गद्वारीको महत्त्व थप बढ्ने विश्वास लिइएको न्यौपानेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार
बङ्गुर पालनबाट मनग्य आम्दानी
२०८३ कार्तिक २९, आइतबार
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
२०८३ कार्तिक २९, आइतबार