कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्यालेस्टिनीहरूमाथि भइरहेको जनसंहारविरुद्ध काठमाडौंमा प्रदर्शन

प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ ।

शनिबार काठमाडाैंकाे माइतीघर मण्डलामा उनीहरूले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन् ।

मार्चको क्रममा उनीहरूले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरू मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन्, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया