असार २६, २०८२ बिहिबार July 10, 2025

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई २-० ले हराउँदै लिभरपुल शीर्ष स्थानमा

च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार पाँचौ जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा इंग्लिस क्लब लिभरपुलले रियल मड्रिडलाई २-० ले हराउँदै शीर्ष स्थानमा पुगेको छ । ५ खेलबाट १५ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा पुगेको हो । तेस्रो हार व्यहोरेको रियल समान खेलबाट ६ अंकसहित २४औँ स्थानमा छ ।

यसअघि च्याम्पियन्स लिगको दुई फाइनल सहित ८ खेलमा लिभरपुल जित निकाल्न असफल भएको थियो । तर यस पटक भने लयमा रहेको लिभरपुलले रियललाई सहजै हरायो । च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार पाँचौ जित हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्‍यो । ५२औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७६औँ मिनेटमा गाक्पोले गोल गरे ।

खेलमा लिभरपुल र रियल दुवैले पेनाल्टी मिस गरेका थिए । रियलका केलिएन एमबाप्पेले ६१औँ मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । लिभरपुलका सालाहले ७०औँ मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार